७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा ३२ विद्यालयलाई वाईफाई डिभाइस वितरण

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले पालिका अन्तर्गत रहेका ३२ वटा सामुदायिक आधारभूत विद्यालयहरुलाई ब्रोड ब्यान्ड इन्टरनेट सेवाका लागि वाइफाई डिभाइसहरू वितरण गरेको छ ।

पालिकाले सङ्घीय सरकार सँग गरेको सम्झौता अनुसार दूर सञ्चार प्राधिकरणको सहयोगमा पालिकाले फोर जी सेवा चल्ने सिमकार्ड सहितको वाईफाई डिभाइसहरू वितरण गरेको हो ।

शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस भन्ने हेतुले आधारभूत तहका सबै विद्यालयहरूमा इन्टरनेट सेवा जडानको लागि वाइफाई डिभाइसहरू वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताए ।

उनले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थिहरुलाई नयाँ विषय बस्तुको बारेमा जानकारी गराउन थप सहजता हुने बताए ।

बडीकेदार गाउँपालिका अन्तरगत ३२ वटा आधारभूत र ९ वटा माध्यमिक विद्यालयहरू गरी ४१ वटा विद्यालयहरू रहेका छन् । पालिका अन्तर्गत रहेका माध्यामीक विद्यालयहरूमा इन्टरनेट सेवा पहिले नै जडान भइसकेको हुँदा गाउँपालिकाका सबै विद्यालयहरूमा इन्टरनेटको सुविधा हुने देखिन्छ । पालिकाले यो भन्दा पहिले पालिकाभित्रका २२ वटा विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरिसकेको समेत शाखा प्रमुख देउवाले बताए ।

विद्यालयहरुलाई सिम सहितको उपलब्ध गराएको डिभाइसमा इन्टरनेट सञ्चालन गर्नका लागि २ वर्ष सम्म आवश्यक शुल्क दूर सञ्चार प्राधिकरण ब्यहोर्ने र त्यसपछि विद्यालयले व्यवस्थापन गर्नुपर्ने पालिकाले जनाएको छ । विद्यालयलाई उपलब्ध गराएको एउटा डिभाइसको मूल्य ७३ हजार ९ सय परेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस