२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा बेलिब्रिज

अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिकालाई म्याग्दी सदरमुकाम बेनी बजारसँग जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको छ । जलजला-२ र ३ मा पर्ने बगर फाँटलाई बेनी बजारसँग जोड्न उक्त पुल निर्माण गर्न लागिएको हो ।

काली गण्डकीले कटान गर्न थालेपछि बगर फाँट बस्ती दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित छ । पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेको छ । उनीहरूको दैनिकी सहज पार्न पुल निर्माण गर्न थालिएको जलजलाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । पुल निर्माण भएपछि स्थानीयवासीलाई हिँडडुल र कृषि उपज बेनी बजारमा पुर्‍याउन सहज हुने छ ।

यहाँ बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाखको ठेक्का सम्झौता गरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । निर्माण कम्पनीले कालीगण्डकी किनारमा पुलको जग खन्ने काम थालेको छ । झण्डै ५४ मिटर लामो बेलिब्रिज राख्न पर्खालसहित जाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिने छ । तीन महिनामै काम सम्पन्न गर्ने लक्ष्य छ ।

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटबासी आन्दोलन गर्दै आएका थिए । यहाँ पक्की मोटरेवल पुल निर्माणका लागि समेत सम्भाव्यता अध्ययन गरिएको छ । करिब तीन सय परिवारको बसोबास रहेको बगर फाँटमा दैनिक उपभोग्य वस्तु भरियालाई बोकाएर लैजाने गरिएको छ । यसरी लैजाँदा सामानको मूल्य महँगो पर्छ ।

बगर फाँटका बासिन्दाले म्याग्दी आवतजावत गर्दै आएको काली पुल जोड्ने झोलुङ्गे पुलको लठ्ठा पनि खिया लागेको अवस्थामा छ । पुल बन्ने खबरले जलजलावासी उत्साहित छन् ।

बेलिब्रिज निर्माणपछि बगर फाँट हुँदै जलजला–१ बाँस खर्क, वडा नं ५ लेख फाँट, वडा नं ६ शालिजा र वडा नं २ को माझ फाँटमा सिधा यातायात सेवा सञ्चालन हुने भएको छ ।