काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युएईसमक्ष जितका लागि २३५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
टियू मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको हो।
पिएनजीले प्रतिस्पर्धात्मक स्कोर तयार गर्ने क्रममा कप्तान असद भालालले ६५ रन बनाउँदा नोर्मन भनुवाले ४९ रनको अविजित इनिङ खेले।
त्यस्तै, चार्लिस अमिनीले २२ रन बनाउँदा रिले ह्याकुरेले ३३ रन बनाए। त्यस्तै, किपलिङ्ग डोरिगाले २४ रन बनाउँदा गाउडी टोकाले १५ रन बनाए।
युएईका लागि हजरत बिलालले ४ विकेट लिँदा रोहन मुस्ताफा र जवार फारिदले समान १-१ विकेट लिए।







