२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेताको चरित्र सच्चिन जरुरी छ : गिरिराजमणि पोखरेल

अ+ अ-

बनियानी । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडा स्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताएका छन् ।

झापा क्षेत्र नं. १ अन्तर्गत ‘सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को मेचीनगरमा उद्घाटन गर्दै उनले भने, ‘पार्टी र जनताबीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान सुरु भएको छ, नागरिक-नागरिकबीचको असमानताको खाडललाई पुर्नका लागि केन्द्र, प्रदेश, जिल्ला र वडा स्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।

उनले जनताको समस्याको साझेदारका रूपमा माओवादी केन्द्रले उक्त अभियान सुरु गरेको बताएका छन् । उनले जनताको मुद्दा सडक र सदनलाई व्यवस्थित गर्ने अभियानका साथ पार्टी अघि बढेको बताए ।

उत्पीडन र विभेदमा रहेकालाई मात्र नभई आम नागरिकको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न माओवादी कार्यकर्ता तयार हुनसमेत उनले निर्देशन दिए ।

कार्यक्रममा नेता झलकसिंह दर्लामीले जनताबीच विश्वास जगाउने गतिविधि गर्दै पार्टी रूपान्तरण अभियानमा जुटेको बताए ।

संविधान निर्माणपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न वर्तमान सरकार एक ठाउँमा रहेको समेत उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि राना, प्रदेशसभा–२ मेचीनगरका अध्यक्ष नरेन्द्र मेचेलगायतले पार्टीको अवस्था, जनगुनासोका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा मेचीनगरका नगर अध्यक्ष राजन चिमरियाले नगरको राजनीति अवस्थाको कार्यपत्र पेस गरेका थिए ।