२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षाको तनाव नदिई हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तनाव नदिई नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं. ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कुलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले परीक्षामा पहिलो हुने तनाव बालबालिकालाई दिनु नहुने बताएका हुन् ।

कतिपय युरोपियन देशमा साना बालबालिकाको परीक्षा नै नलिने शिक्षा प्रणाली रहेको उल्लेख गर्दै काठमाडौँ क्षेत्र नं. ४ बाट निर्वाचित सङ्घीय सांसदसमेत रहेका नेता थापाले शिक्षक र अभिभावक मिलेर त्यस्तै शैक्षिक वातावरण निर्माण गर्नुपर्ने बताए ।

‘पटक पटक प्रधानमन्त्री भएकालाई अर्को पटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर, चुनाव जितेकालाई अर्को पटक चुनाव जितिन्छ कि जितिन्नँ भन्ने जस्तो डर बालबालिकालाई परीक्षाका बेला गराइनुहुन्नँ, हाँस्दै, खेल्दै, रमाउँदै सिक्ने शैक्षिक वातावरण निर्माण गर्न सबै लाग्नुपर्छ’, उनले भने ।

पूर्व मन्त्री एवं काँग्रेस नेता भीमसेनदास प्रधानले आफू विद्यालय तहमा अध्ययन गर्दा संस्कृत भाषामा नैतिकता सम्बन्धी पढाई हुने गरेकामा त्यसलाई पुनर्स्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पछिल्लो समय अङ्ग्रेजी भाषाको मात्र बोलवाला रहेकाले संस्कृत भाषामा भएका ज्ञानगुनका कुरा भुल्न नहुने उनको भनाई थियो । छोरा जत्तिकै छोरीलाई पनि अभिभावकले शैक्षिक वातावरण बनाइदिनुपर्ने नेता प्रधानको भनाइ थियो ।

विसं २०५६ मा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन गराइन्छ । हाल विद्यालयमा दुई सय २५ छात्रछात्रा अध्ययनरत रहेको संस्थापक डा. सत्यनारायण चौधरीले जानकारी दिए ।