५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषक वडाध्यक्षको सन्देश- युवालाई राजनीति भन्दा पहिला व्यवसायमा जोडौं

अ+ अ-

भजनी । कैलालीको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध छन् । उनले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । सात बिघा क्षेत्रफलमा उखु, माछापालन, गुड मिल सञ्चालन र तरकारी खेती गर्दै आएका छन् ।

वडाध्यक्ष ठकुल्लाले यस वर्ष आलु खेतीबाट पनि राम्रो आम्दानी भएको बताए । ‘हामीले कृषिलाई नै प्राथमिकता दिनुपर्छ । हिजोका दिनमा परम्परागत कृषि गर्थ्यौं । अहिले आधुनिक कृषि गर्दै आएका छौँ’, वडाध्यक्ष ठकुल्लाले भने, ‘सामाजिक क्षेत्रमा लाग्न पनि कृषि महत्वपूर्ण छ । राजनीति गरेर पैसा कमाउन सकिँदैन । कमाएको पैसा खर्च गर्न राजनीति गर्नुपरेको जस्तो छ ।’

कृषिबाटै समृद्धिको सपना देखेका ठकुल्लाले आफूले मात्रै नभई गाउँका युवालाई समेत कृषिमा प्रेरित गर्दै आएका छन् । उनले स्थानीयलाई कृषिमा प्रेरित गर्नकै लागि कृषि सहकारी संस्था स्थापना गरे।

‘सहकारी आज कृषकका लागि निकै लाभदायक बनेको छ । करोडौँको सम्पत्ति जोडिएको छ’, वडा अध्यक्ष ठकुल्ला भन्छन्, ‘हामीले आदर्शका कुरा गर्छौं तर हाम्रोस्तर कहाँ छ त्यसको खोजी गर्दैनौँ । राजनीतिमा युवालाई जोड्नु पहिले व्यवसायमा जोड्न सके त्यसले समृद्धिलाई भेट्न सहज हुन्छ ।’

नगरपालिका–८ श्रीलङ्का क्षेत्र नगरपालिकाबाट विकट क्षेत्र हो । कर्णाली नदी पारी रहेको श्रीलङ्का बर्दिया जिल्लासँग नजिक भए पनि टीकापुरबाट टाढा छ । त्यहाँका किसान जङ्गली जनावरका कारण आजित छन् । नजिकै जङ्गल भएकाले अन्न्न बाली जङ्गली जनावरले नष्ट गर्ने भएपछि पटकपटक फरक खेती गर्दै आएका किसानले यसपटक आलु खेतीलाई प्राथमिकतामा राखे । त्यो विकल्प वडाध्यक्ष ठकुल्लाले रोजेका थिए । त्यहाँ यस वर्ष २३ बिघा क्षेत्रफलमा आलु खेती विस्तार गरियो ।

अन्य अन्न बालीजस्तो जङ्गली जनावरले नष्ट नगर्ने आलु खेतीबाट राम्रो उत्पादन भएपछि किसान खुसी छन् । अर्का किसान धनसिंह साउदले एक बिघा क्षेत्रफलमा मात्रै करिब ८० क्विन्टल आलु फलेको बताए । समूहमार्फत व्यावसायिक आलु खेती गरेका साउदले राम्रो उत्पादन दिएको बताए ।

उक्त समूहमा वडाध्यक्ष ठकुल्ला पनि आबद्ध रहेका छन्। ‘जङ्गली जनावरबाट बाली बचाउन आलु खेती गरेका थियौं । उत्पादन सोचेभन्दा राम्रो भयो’, उनी भन्छन्, ‘बजारीकरणको समस्या नभए आउँदो वर्ष ४० देखि ५० बिघामा आलु खेती गर्ने योजना छ ।’

आलु प्याकेजिङ गरेर कोहलपुर कोल्डस्टोरमा लैजाने तयारी भएको अर्का किसान भीम महरले बताए । ‘केही किसानले कोहलपुर त केही किसानले कैलालीको पहलमानपुर कोल्डस्टोरमा लैजाने तयारी गरिरहनुभएको छ’, महरले भने, ‘आलुका लागि श्रीलङ्का निकै लाभदायक बनेको छ । अब त्यहाँका किसानका लागि आलु खेती महत्वपूर्ण बन्नेछ ।’

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई आलुको बीउ तथा उत्पादन भएको तरकारीको भण्डारणका साथै ढुवानीमा सहयोग गर्न थालेपछि किसानले तरकारी खेतीमा भविष्य देखेका छन् ।

आलु खेती मात्रै नभई २३ बिघामा गहुँ खेती पनि गरेका साउद त्यही मात्रामा मकै खेती समेत विस्तार गरेको बताउँछन् । उनले आलु खेतीमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने भन्दै त्यसका लागि भारतीय तरकारीलाई विस्थापित गर्न आवश्यक रहेको बताए ।

यतिबेला स्थानीय किसानले भारतीय तरकारीको आयात रोक्नुपर्ने माग गर्दै आएका छन् । भारतबाट आउने तरकारीले स्थानीय उत्पादनलाई विस्थापित गर्दै आएको बताउँदै त्यसले किसानलाई कृषिबाट टाढा गर्न खोजेको स्थानीय कृषक रामबहादुर चौधरी बताउँछन् । उनले भारतीय तरकारी भन्दा स्थानीय उत्पादन केही महंगो हुने गरेको बताउँदै बीचका विचौलियाले स्थानीय उत्पादनलाई हतोत्साहित गर्ने काम गरेको बुझाइ सुनाए ।

‘उत्पादन राम्रो छ तर बजारको निकै समस्या छ । मौसममा उत्पादन भएको वस्तुबाट लगानी उठाउनै मुस्किल हुन्छ’, चौधरीले भने, ‘त्यसको मुख्य कारण भनेको भारतीय तरकारी हो । स्थानीय उत्पादनलाई सरकारले स्थापित गर्न सक्यो भने कृषिप्रतिको आकर्षण अझै बढ्ने छ । आशा छ समुहमा जनप्रतिनिधि पनि जोडिएको हुँदा त्यसको समाधान हुन्छ ।’