४ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

अ+ अ-

काठमाडौँ । बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालमा चिकित्सक अभावमा रोकिएका चार विशेषज्ञ विभाग एक महिनादेखि नियमित सञ्चालनमा आएका छन् । पछिल्लो एक वर्षदेखि रोकिएका विभागमा विशेषज्ञसहितको सेवाले निरन्तरता पाएको हो ।   

धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माका अनुसार अस्पतालमा मनोरोग, नाक, कान तथा घाँटीसम्बन्धी, यौन तथा छाला रोग र प्याथोलोजी विभागले एक महिनादेखि नियमित सेवा सञ्चालन गरेका छन् । मनोरोग विभाग चिकित्सक अभावमा एक वर्षदेखि सञ्चालनमा आउन नसकेको बताउँदै उनले १० महिनादेखि यौन तथा छाला रोग विभाग प्रभावित बनेको जानकारी दिए ।   

पाँच महिनादेखि प्रभावित बनेको नाक, कान तथा घाँटी रोग विभाग र प्याथोलोजी विभाग पुनः सञ्चालनमा ल्याइएको अध्यक्ष शर्माले उल्लेख गरे । “अस्पतालले विभागको सेवा अन्य चिकित्सकबाट दिँदै आएको थियो । विशेषज्ञ सेवा दिन सोही विभागको चिकित्सक आवश्यक पर्ने भएकाले चिकित्सक आपूर्ति गरी विभागलाई सक्रिय बनाएका छौँ”, उनले भने, “मनोपरामर्शदाताको अभावमा बिरामी पोखरा, काठमाडौँलगायत क्षेत्र जानुपर्ने बाध्यता अब भने अन्त्य भएको छ ।”   

धौलागिरि प्रादेशिक अस्पताल बागलुङले विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै थप चार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन सुरु गरेको छ । अस्पतालले नाक, कान तथा घाँटी रोग, छाला रोग, मनोरोग र प्याथोलोजीसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो । धौलागिरि अस्पताल बागलुङका अनुसार नाक, कान तथा घाँटी रोगतर्फ डा. मनिष न्यौपाने, छाला रोगतर्फ डा. सुभि रिजाल, मनोरोगतर्फ डा इला थापा र प्याथोलोजीतर्फ डा कविता घिमिरेबाट सेवा प्रदान भइरहेको छ ।   

नाक, कान तथा घाँटी रोगतर्फ कान, नाक र घाँटीका समस्या, श्रवण तथा साइनोसाइटिस (साइनस) र घाँटीसम्बन्धी समस्या, इन्डोस्कोपी र शल्यक्रियासम्बन्धी सेवा उपलब्ध हुनेछ भने छाला रोगतर्फ छाला, कपाल र नङसम्बन्धी समस्या, एलर्जी तथा सङ्क्रमण, पिम्पल्स, दाग तथा छालाको सुन्दरतासम्बन्धी समस्या र लेजर तथा केमोथेरापी सेवा उपलब्ध हुनेछ ।

मनोरोगतर्फ चिन्ता, तनाव तथा डिप्रेसन, मानसिक स्वास्थ्य परामर्श, निद्राको समस्या, बाल तथा वृद्ध मानसिक स्वास्थ्य र लत तथा व्यवहारसम्बन्धी उपचार तथा परामर्श सेवा दिइनेछ । प्याथोलोजीतर्फ रगत, पिसाब तथा दिसाको जाँच, हर्मोन तथा बायोकेमिस्ट्री, हिस्टोप्याथोलोजी र माइक्रोबायोलोजी परीक्षणलगायत सेवा उपलब्ध हुने धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो । अस्पतालमा अहिले १८ जना विशेषज्ञ तथा १३ जना मेडिकल अधिकृत कार्यरत छन् ।

0 Comments