६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवस्था फेरियो, प्रवृत्ति फेरिएन : प्रदेश प्रमुख गुरुङ

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी रहेको बताएका छन् ।

शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले सङ्घीयतालाई संस्थागत गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखे ।

‘सङ्घीयताको मर्मअनुसार केन्द्रको अधिकार तल प्रत्योजन नगर्ने हो भने यो प्रणाली कमजोर हुन्छ’, प्रदेश प्रमुख गुरुङले भने, ‘अहिलेको प्रदेश संरचना अधुरो किसिमको छ, यसलाई बलियो नबनाएसम्म जनअपेक्षाअनुसार काम गर्न सकिँदैन ।’

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा देखिने गरेको केन्द्रमुखी प्रवृत्तिले सङ्घीय व्यवस्थालाई स्थिर हुन नदिने उनले बताए । सङ्घ सरकारले परराष्ट्र नीति, राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयबाहेकका अधिकार प्रदेशलाई दिनुपर्ने उनको भनाइ छ ।

प्रदेश सरकारले सशक्त भूमिका खेल्न नसक्दा सङ्घीयतामाथि नै बेलाबखत टीका टिप्पणी हुने गरेको प्रदेश प्रमुख गुरुङले उल्लेख गरे । उनले लोकसेवा आयोग नागरिकको सबैभन्दा बढी विश्वासिलो संस्थाका रूपमा स्थापित भएको बताए । प्रदेश लोकसेवा आयोगले स्थापनाको छोटो अवधिमै प्रभावकारी कार्यसम्पादन गर्न सफल रहेको प्रदेश प्रमुख गुरुङले उल्लेख गरे ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आयोगले आफ्नो विश्वसनीयता र निष्पक्षता गुमाउन नहुने धारणा राखे । उनले आयोगको कामकारबाहीलाई सहज हुने गरी सरकारले प्रदेश निजामती सेवा ऐन ल्याएको उल्लेख गर्दै छिट्टै नियमावली बनाउने प्रतिबद्धता जनाए ।

‘लोकसेवा आयोगलाई चाहिने जनशक्तिदेखि भौतिक पूर्वाधार व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्छ’, मुख्यमन्त्री अधिकारीले भने । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले आयोगलाई प्रभावकारी बनाउन सबै पक्षको सहयोगी भूमिका चाहिने बताए ।

लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश लोकसेवा आयोग गठन भएको बताए । प्रदेश संरचनालाई बलियो बनाउन सङ्घ सरकारले अधिकार र स्रोतसाधन उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आयोगको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा जटिलता थपिएको बताए । उनले कानुनी प्रबन्धदेखि पूर्वाधार व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । वार्षिकोत्सवका अवसरमा आयोगमा कार्यरत कम्प्युटर अधिकृत लक्ष्मीप्रसाद पोखरेललाई उत्कृष्ट कर्मचारीका रूपमा नगद रु सात हजारसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस