काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ २१ पैसा र बिक्री दर १३१ रुपैयाँ ८१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९७ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५० पैसा र बिक्री दर १६२ रुपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
