२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उखु खेती प्रवर्द्धन गर्दै रामपुरका युवा

अ+ अ-

रामपुर (पाल्पा) । उखु खेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवर्द्धन गर्ने उद्देश्यले उखु खेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए ।

उनले भने, ‘पहिला उखुले भरिने बारी अहिले बाँझिन पुगेका छन्, हिजोआज गाउँमा बसेर बाहिरबाट उखु किनेर खाने अवस्था आयो, उखु खेतीलाई प्रवर्द्धन र संरक्षण गर्न व्यावसायिक खेतीमा युवाहरू लागेका छौँ ।’ यहाँ वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेसा, व्यवसायमा रहेका युवा आबद्ध छन् । रामपुरमा बर्सेनि बाहिरबाट खुदोको मात्रा धेरै भित्रिने भएकाले आयातदर घटाएर यहीँको उत्पादनले बजार थेग्ने सोचका साथ व्यावसायिक खेतीको अभियान सुरु गरेको युवा सन्तोष पौडेल बताउछन् । उनी वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया गरी पाँच वर्षसम्म बसेर स्वदेश फर्केका हुन् ।

‘विदेशमा अर्काको अधिनमा रहेर दैनिक १२ देखि १५ घण्टा काम गर्नुपर्ने, अरूको देशमा काम गर्न सहज छैन, आफ्नै देशमा दैनिक एक–दुई घण्टा काम गर्ने हो भने विदेशमा कमाउने धन यहीँ आर्जन गर्न सकिन्छ’, उनले भने ।

कालीगण्डकी करिडोर सडक खण्ड नजिकै रहेको जग्गामा युवाले सामूहिक खेती सुरु गरेका हुन् । यहाँको बजारमा खपत नभएको अवस्थामा बाहिर लैजानलाई सहज बनाउँदै करिडोर आसपासका जग्गा थप गर्दै खेती विस्तार गर्ने सोच रहेको युवा पीताम्बर गौतमले जानकारी दिए । उनी पनि वैदेशिक रोजगारको अनुभवपश्चात् गाउँमै बसेर केही नयाँ कार्य गर्नुपर्छ भन्ने मनसाय बोकेर सामूहिक खेतीमा गाउँका युवासँग हातेमालो गरेर अगाडि बढ्दै छन् ।

सडक सञ्जालसँग जोडिएको हुँदा पनि नारायणघाट, बुटवल, पोखरामा रामपुरको उखु खपत गर्ने युवाको योजना छ । गाउँका जग्गा सदुपयोग गर्न नसक्दा त्यसै खेर गइरहेका छन् । हिजो हाम्रा बाउ बाजेले उत्पादन गरेका वस्तु अहिले गाउँमा हराउन पुगेको हुँदा आफ्नै उत्पादनमा आत्मनिर्भर बन्न गाउँका युवालाई प्रेरणा दिँदै उखु खेती लगाउने अभियानमा जुटेको सुरज गौतम बताउछन् ।

रामपुरमा अहिले गुल्मी, तराई क्षेत्रबाट ठूलो परिमाणमा खुदो आयात भइरहेको छ । चिनी, खुदो, गुडजन्य पदार्थ बाहिरबाट धेरै भित्रिन्छ । बाहिरबाट आयातित सामग्रीलाई कम गरी स्थानीय उत्पादनलाई बढावा दिन युवाले गरेको यस कार्यको अन्यले पनि सिको गर्नुपर्नेछ । रामपुरमा मात्रै वार्षिकरूपमा करिब रु ५० लाख बराबरको खुदो भित्रिने गरेको पाइएको छ ।

अहिलेलाई बीउ उत्पादन गरी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको र निकट भविष्यमा यहाँका खाली जग्गामा उखु लगाएर पकेट क्षेत्र बनाउने गरी खेती सुरु गरेको कैलाश लम्सालले बताए । हाललाई करिब रु दुई लाखको लगानी बीउ बिजन, मलजलमा खर्च भएको छ ।

व्यावसायिक खेती गरेमा उखुको उत्पादनका लागि यो क्षेत्र उपयुक्त रहेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउछन् । व्यावसायिक खेती गर्न चाहनेलाई नगरपालिकाले पकेट कार्यक्रम सञ्चालन गरेर सहयोग गर्ने शाखा प्रमुख पाण्डेयले बताए ।

‘पछिल्लो समय बाहिरबाट खुदो, गुँड, भ्याली आयात भइरहेको अवस्थामा उखुको व्यावसायिक उत्पादन अति आवश्यक रहेको छ’, उनले भने, ‘उखु र उखुबाट उत्पादित विभिन्न वस्तुको माग बजारमा बढ्दो रहेको हुँदा कृषकले व्यावसायिक खेतीबाट मनग्य आम्दानी गर्न सक्नेछन् ।’

राम्रै मलजल भएको खण्डमा कम्तीमा छदेखि आठ महिनासम्म उत्पादन दिन समय लाग्दछ । वर्षको तीन बाली उत्पादन हुने जग्गामा उखु लगाएर एकै वर्षमा धेरै आयआर्जन गर्न सकिने जनाइएको छ ।