२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै हो’

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन् ।

मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताए । उनले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशासित रूपमा अघि बढ्न प्रेरित गर्ने बताए । उनले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

उनले भने, ‘नेपालमा जैन धर्मावलम्वीहरु प्रायः नेपालको सबै ठाउँमा विभिन्न समुदायका बीचमा मिलेर बसेका छन् । जहाँ रहे पनि भगवान् महावीरका उत्कृष्ट सिद्धान्तहरूलाई अनुसरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न सफल छन्, अहिंसा, शान्ति, एकान्तवाद, नैतिकता, सच्चरित्रता, एवं जैन धर्मका महत्त्वपूर्ण पक्षलाई जनजनमा लैजान सङ्गठनको ठुलो भूमिका हुन्छ’, ‘कुनै पनि संस्थाको अविरल गतिले सञ्चालन हुँदै ५४ वर्ष पूरा गर्नु आफैँमा गर्वको विषय हो । भगवान् महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आज पनि उत्तिकै सान्दर्भिक छन् । धर्ममा नैतिकता, प्रमाणिकता, प्रतिबद्धता र सत्यता हुन्छ । त्यसले मात्रै हामीलाई कुनै पनि सुमार्गमा लैजान सक्छ । धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै हुन्छ । धर्मको परिभाषा त्यसको प्रभाव सर्वजनहीतायको भावनाले मात्र ओतप्रोत हुन्छ । धर्मले नै यस संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशासित रूपमा अघि बढ्न प्रेरित गरेको हुन्छ ।’