काठमाडौँ । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन भइसकेकाले अब घर फर्किन मिटरब्याज पीडितलाई आग्रह गरेको छ ।
गत शनिबार मिटरब्याज पीडितको एक समूहसँग ५ बुँदे सम्झौता भएको दुई दिनपछि नै मिटरब्याज पीडितको अर्को समूह काठमाडौँ आएर आन्दोलनमा छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।






