२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमूना कलेजको ‘जर्नी अफ फेसन शो’

अ+ अ-

काठमाडौँ । बिहीबार साँझको समय छिप्पिँदै जाँदा र्‍याम्पमाथि बिस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रूप रङ्ग, स्वरूप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए ।

नमूना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीले आफ्ना डिजाइन प्रस्तुत गरेका थिए । गए राति यहाँ आयोजित १७औँ संस्करणको जर्नी अफ फेसन : ‘कल्पनम् सत्यतात’ शीर्षकअन्तर्गत उनीहरूले तयार पारेका आ-आफ्ना डिजाइन प्रस्तुत गरेका थिए ।

तेत्तीस मोडलको प्रस्तुतिमा उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७औँ ब्याचका ८३ विद्यार्थी डिजाइनरको आयोजना, व्यवस्थापन तथा प्रस्तुतिमा सम्पन्न भएको हो । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अभिभारा सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए ।

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित ‘फेसन क्याटलग’को दोस्रो संस्करणको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा.यादवराज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले संयुक्तरुपमा विमोचन गरेका थिए ।

उक्त परीक्षा रुपी फेसन शोमा फेसन अध्यापक त्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साख: ग्रुपका अध्यक्ष किरण साख:, प्रथम मिस नेपाल रुवी राणा, राष्ट्रिय सीप परीक्षण समितिका कार्यकारी निर्देशक डा कुल बहादुरबस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थीले तयार पारेका डिजाइन रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत गरिएका थिए । कलेजमा अध्ययनरत स्नातक तहको अन्तिम परीक्षामा सहभागी विद्यार्थीले परीक्षाअन्तर्गत डिजाइन प्रस्तुत गरेका हुन् ।