१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त

अ+ अ-

कर्णाली । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको बताएका छन् ।

विश्व स्वास्थ्य दिवसको ७५औँ अवसरमा निर्देशनालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित सञ्चारकर्मीसँग अन्तरक्रियामा आफ्नो प्रस्तुति राख्दै उनले कर्णालीमा कूल नौ सय आठ जनामा तीन सय ६३ मात्र स्वास्थ्य जनशक्ति कार्यरत रहेको बताए ।

‘पाँच सय ४४ स्वास्थ्यकर्मीको दरबन्दी आज पनि खाली छ’, निर्देशक खड्काले भने, ‘यस्तो अवस्थाबाट यहाँको स्वास्थ्य सुधार कसरी हुन सक्छ ?’

तीनै तहको सरकारको प्रभावकारी समन्वय, सहकार्य हुन नसक्दा पनि स्वास्थ्य क्षेत्र प्रभावित भएको उनले जनाए । निर्देशक खड्काले योगदानमा आधारित स्वास्थ्य बिमाको आवश्यकता औँल्याउँदै स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नीतिमा सुधार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रममा हुनेले योगदान गर्नुपर्छ र नहुनेले त्यसबाट सेवा लिनुपर्दछ ।’

कर्णाली प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शङ्करप्रसाद रिजालले बदलिँदो जीवनशैलीका कारण मानव स्वास्थ्य चुनौतीपूर्ण बन्दै गएको बताए । डा रिजालले भने, ‘हामीले प्राङ्गारिक उत्पादनसँग जोडिएका गतिविधि गर्न छोड्यौँ र प्रकृति प्रदत्त खानामा ध्यान दिएनौँ, त्यसले हाम्रो स्वास्थ्य अवस्था दिनानुदिन बिग्रँदै गएको छ ।’

विश्व स्वास्थ्य सङ्गठन कर्णाली प्रदेश प्रतिनिधि प्रदीप अधिकारीले स्वास्थ्यकर बानी व्यवहार हरेक नागरिकको बाच्ने आधार भएको जनाए ।

जनस्वास्थ्य प्रवर्द्धन हुने कार्यक्रममा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउँदै अधिकारीले स्थानीय सरकारले यसको बढी अपनत्व लिनुपर्नेमा जोड दिए ।