काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतको प्रतिनिधि मण्डलले अर्थमन्त्री महतसँग भेट गरेको हो ।
भेटबार्तामा नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताका बारेमा छलफल भएको थियो । यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाको बारेमा चासो राखेकी थिइन् ।






