काठमाडौँ । नेकपा माओवादी केन्द्रले डिल्लीराज भट्टलाई कारबाही गरेको छ । सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गर्ने भट्टलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।
अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीको पदाधिकारी बैठकले कारबाही गरेको हो ।
पार्टीको विधि र नीति विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी गरी निष्कासन गरिएको पार्टीले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्नामा अनियमितता भइरहेको भन्दै भट्टले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेलाई विधिसम्मत रूपमा काम गर्न ध्यानाकर्षण गराएका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रको धनगढी नगर कमिटीका अध्यक्ष सुरज खातीले २८ चैतमा भट्टलाई स्पष्टीकरण सोधेका थिए ।
भट्टले दुईभित्र जवाफ पेस गरेको भए पनि चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको हो ।