२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती स्वीट्सको फ्रिजमा साङ्ला, खाद्य विभागद्वारा उत्पादन बन्द

अ+ अ-

काठमाडौँ । त्रिपुरेश्वरस्थित बागमती स्विट्सको फ्रिजमा साङ्लाहरू भेटिएका छन् । मातातिर्थ औँसीमा मिठाई खाँदा आमा बिरामी परेको भन्ने उपभोक्ताको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा खटिएको टोलीले अनुगमनका क्रममा फ्रिजमा मरेका तथा जीवित साङ्लाहरू भेटाएको हो । 

प्रायजसो सरकारी कार्यालयहरूको रोजाईमा पर्ने बागमती स्वीट्को कच्चा तथा तयारी खाद्य पदार्थ राख्ने स्थानमा लुगा तथा जुत्ताहरूसमेत भेटेको छ भने कच्चा पदार्थको भण्डारण प्यासेजमा अव्यवस्थित हुनुका साथै भण्डारण कक्षसमेत फोहोर रहेको अनुगमन टोलीले फेला पारेको छ । 

किचेन तथा प्रशोधन कक्ष फोहोर अवस्थामा रहेको, भुईँ तथा सिलिङमा कालो चिल्लो जमेको, भाडा सफा गर्ने कक्ष गन्हाएको तथा तयारी कक्ष सँगै रहेको तथा सरसफाइको तालिका नभएको भेटाएको टोलीले फ्राइङ गर्ने तेल परीक्षण गर्दा टीपीएम भेल्यू १० प्रतिशत, १२ दशमलव पाँच प्रतिशत र २२ प्रतिशत पाइएको  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक नवराज आचार्यले जानकारी दिएका छन् । 

साथै लेबल नभएको २९ किलो धुलो खुर्सानी र १२ किलो बेसार नियन्त्रणमा लिई नष्ट गरिएको छ भने मिठाईको नमुना परीक्षणका लागि लिइएको छ । नमकिन, दालमोठ, भुजिया अनुज्ञा पत्र लिएर मात्र विक्री वितरण निर्देशन दिएको टोलीले किचेन, भण्डारण कक्षलगायत स्थानमा भेटिएका कैफियतहरू सुधार नगरेसम्म उत्पादन बन्द गर्न तथा सुधार पश्चात् विभागबाट पुनः निरीक्षण गराउनसमेत निर्देशन दिएको विभागले जनाएको छ । 

नाम चलेका होटेल, रेस्टुरेन्ट तथा मिठाई पसलहरूसमेत सरसफाइ तथा गुणस्तरमा सजग भएको देखिँदैन । ढुक्क भएर खान पाउने उपभोक्ताको अधिकार सुनिश्चितको लागि सरकारी संयन्त्रहरू सधैँ चनाखो र सक्रिय रहन आवश्यक छ ।