काठमाडौँ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलवार सरकार गठनका लागि आह्वान गरेका हुन्।
गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका छन्।
नयाँ सरकार गठनका लागि तीन दिनको समय दिइएको छ। वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिइएको हो। विश्वासको मत पाउन नसकेपछि गण्डकीमा वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो।