२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् ।

किराँतहरूको महान् पर्व उभौलीको अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था रहेकाले सोही व्यवस्था भएबमोजिमका अधिकारको प्रगतिशील कार्यान्वयन आजको मुख्य दायित्व भएको जनाए । उनले जनअधिकार स्थापित गर्ने सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

कृषि युगमा प्रवेश गरेपश्चात् प्रचलनमा आएको उभौली पर्व नेपालजस्तो कृषिप्रधान मुलुकका लागि थप प्रेरणादायी र सन्देशमूलक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर समृद्धि र विकासको चेतबाट समेत वैज्ञानिक र प्रगतिशील देखिएको बताएका छन् । उधौली पर्व किरात समुदायका साथै उत्पादनशील चेतका समस्त नेपालीहरूको समेत पर्वको रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त स्वाधीन र समुन्नत मुलुक रहेको जनाउँदै प्रधानमन्त्री दाहालले नेपाली चाडपर्व, वेशभूषा, संस्कार–संस्कृतिहरू राष्ट्रिय एकताका सेतुमात्र नभएर समुन्नत नेपाल निर्माणका आधारशीलासमेत भएका बताए ।’ऐतिहासिक कालदेखि आफ्नो जीवन वृत्तिका क्रममा विभिन्न जाति र समुदायले हासिल गरेका अनुभव र प्राप्त ज्ञानको शृङ्खला नै सभ्यता र संस्कृतिको स्रोत पनि हो । यस अर्थमा नेपालका विभिन्न जातिले मनाउने पर्व हाम्रा ऐतिहासिक गौरव गाथा र प्रेरणाका स्रोत हुन्’, उनले भने ।

प्रधानमन्त्री दाहालले उधौली पर्वले समान अधिकारका साथ सबै वर्ग, जाति, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भनी कामनासमेत गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका किराँत समुदायलगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।