२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख परियार

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्ने बताएकी छन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औँ जन्मजयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीसहित सम्पूर्ण कर्णालीवासी, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले बुद्ध दर्शनले अहिंसा, सद्भाव, मानव कल्याण र मानिस जातिकै जीवनमा शान्तिको बाटो देखाएकाले हरेकले बुद्ध वचन पछ्याउनुपर्ने बताएकी छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘वैशाख शुक्ल पूर्णिमा आजकै दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि–संयोगलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा उहाँप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गर्दछन् । बुद्धले सम्पूर्ण मानवजगत्को कल्याण गर्न राजर्षि सुख त्याग गरी कठोर तपस्या र कठिन परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेका थिए । उनकै योगदानले नेपाल विश्वको शान्तिको देश भनेर चिनिएको छ ।’

उनले बुद्ध दर्शनलाई आत्मसात गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन सबैमा हार्दिक अपिल गरेका छन् ।

‘यस अवसरमा सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस्’, उनले भनेका छन् ।