८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेक्का सम्झौता पूरा नगर्नेलाई कारबाही गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आज एक कार्यक्रममा बोल्दै उनले यस क्षेत्रमा देखिएका ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरी गर्नेजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै त्यसको उचित व्यवस्थापन तथा अनुगमनका लागि आवश्यक नियम बनाउन सरोकारपक्षसँग परामर्श भइरहेको जानकारी दिए ।

मुलुकको विकास र आर्थिक समृद्धिका लागि पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो । मन्त्री ज्वालाले यस क्षेत्रमा गरिने लगानीले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने बताउँदै त्यसले उनीहरूको खर्च गर्ने क्षमता विकास तथा पूँजी निर्माण हुने र अर्थतन्त्रको बहुआयामिक पक्षमा सकारात्मक प्रभाव पार्ने बताए ।

सडक यातायातको विस्तारले ग्रामीण समाजलाई शहरसँग जोड्ने भन्दै उनले कृषि क्षेत्रलाई यान्त्रीकरण गर्ने, उत्पादनलाई बजारीकरण गरी बाह्य आयातलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री ज्वालाले आफ्नो मन्त्रालयमा चालु आर्थिक वर्षमा रु एक खर्ब ६७ अर्ब बजेट विनियोजन गरिएकामा अहिले एक खर्ब १३ अर्बको सिरिङ्ग रहेकाले त्यसलाई वृद्धि गर्न विशेष कार्ययोजना तयारीको क्रममा रहेको जानकारी दिए ।

विद्युतीय सवारी साधनको प्रयोगलाई सार्वजनिक यातायातका क्षेत्रमा उपयोग गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न लागिएको बताउँदै उनले स्वदेशी ऊर्जा खपत गर्ने तथा पेट्रोलियम पदार्थको आयातमा न्यूनीकरण गरी व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बरमा नेपाली, अङ्ग्रेजी तथा दुवै भाषाको प्रयोग गर्ने र सवारी अनुमतिपत्रको वितरण व्यवस्था सरल बनाउनका लागि गृहकार्य भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस