२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचारको मूल जड नै कर्मचारी र शिक्षक राजनीतिक कार्यकर्ता बन्नु’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपालमा हुने भ्रष्टाचारको जड सरकारी कर्मचारी शिक्षक राजनीतिक कार्यकर्ता बन्नु रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै संरचनागत भ्रष्टाचारको अन्त्य गरिए सुशासन हुने उनको भनाइ छ ।

सांसद पराजुलीले कर्मचारीलाई र शिक्षकहरूलाई राजनीतिक दलप्रति नभई राष्ट्र र जनताप्रति जबाफदेही बन्न आग्रह गरेका छन् ।

राजनीति गर्ने मन भए कर्मचारी र शिक्षकबाट राजीनामा गरेर आउन पनि उनले चुनौती दिएका छन् । उनले भने, ‘सेवा प्रवाह र सुशासनका कुरा गर्दाखेरि सबैभन्दा बाधक संरचनाभित्र भएको भ्रष्टाचार हो । त्यसको मूल जड भनेको राष्ट्रसेवक कर्मचारी र शिक्षकहरू राजनीतिक कार्यकर्ता बनिदिनु भयो । त्यस कारण शीर्ष नेताहरूलाई अनुरोध गर्न चाहन्छु, देशले आज परिवर्तनका लागि बलिदान खोजेको छैन, योगदान खोजेको छ । त्यस कारण प्रत्येक राष्ट्रसेवक कर्मचारीलाई तपाईँहरू आफ्ना कार्यकर्ता बनाउने कोसिस नगरिदिनुस् कृपया । शिक्षकहरूलाई कार्यकर्ता बनाउने कोसिस नगरिइदिनुस् कृपया । संसद्को रोष्ट्रमबाट सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई अनुरोध गर्न चाहन्छु तपाईँहरूले जागिर प्राप्त गर्नका लागि जुनसुकै अवस्था सिर्जना भयो, जुनसुकै राजनीतिक पार्टीको टिकट काट्नुपर्ने स्थिति सिर्जना भयो त्यसलाई बिर्सिदिनुस् । तपाईँहरू आज राष्ट्र सेवक हुनुहुन्छ, निर्धक्क भएर देश निर्माण गर्ने प्रक्रियामा सहभागी हुनुस् । कुनै पनि दलसँग जबाफदेही हुनु पर्दैन, जबाफदेही हुनुपर्छ भने यस देशका नागरिकसँग र राष्ट्रसँग । नेपाली जनताले आज नयाँ दल र नयाँ नेता खोजेको होइन, नेपाली जनताले खोजेको विकास हो, समृद्धि हो र सुशासन हो । यो स्थापित भएकै दलहरूले दिनुस्, हामी खुसी हुन्छौँ ।’

पुराना दलहरूले राम्रो काम नगरेकाले समयको बाध्यताले आज आफूहरू आउनुपरेको रास्वपा सांसद पराजुलीको भनाइ थियो ।