२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णरूपमा स्मार्ट टेलिकम प्राधिकरण नियन्त्रणमा

अ+ अ-

काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेको स्मार्ट टेलिकमलाई पूर्णरूपमा नियन्त्रणमा लिएको बताएको छ । 

स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति नियन्त्रणमा लिए पनि त्यसअघि तिर्न एवं बुझाउनुपर्ने बक्यौतामा प्राधिकरणको दायित्व नहुने प्राधिकरणको भनाइ छ । 

सोमबार प्राधिकरणले स्मार्ट टेलिकमको अनुमतिपत्र नवीकरण नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ बमोजिम गत वैशाख ३ गते स्वतः रद्द भएको बताएको छ ।

नेपाल सरकार, प्राधिकरण तथा अन्य संस्थाहरूलाई स्मार्ट टेलिकमले तिर्न तथा बुझाउनुपर्ने रकम असुल गर्न कम्पनी नियन्त्रणमा लिएको प्राधिकरणले जनाएको छ ।

यसका लागि “अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम निजको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणले नियन्त्रणमा लिएको,” प्राधिकरणले भनेको छ ।

प्राधिकरणले वैशाख २१ गते स्मार्ट टेलिकमलाई पूर्णरूपमा नियन्त्रणमा लिएको बताएको छ । त्यसअघिसम्मको स्मार्ट टेलिकमको तिर्नुपर्ने वा बुझाउनुपर्ने बक्यौतामा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने प्राधिकरणले जनाएको छ ।