काठमाडौँ । जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरण मन्त्रीमा महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा जसपाकै प्रमीला कुमारीलाई नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मङ्गलवार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
