१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह ‘ए’मा

अ+ अ-

काठमाडौँ । एक दिवसीय विश्वकप छनोटको खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आगामी जुन १३ गतेदेखि जिम्बाब्वेमा हुने प्रतियोगिताको खेलतालिका आइसिसीले सोमबार सार्वजनिक गरेको हो । 

आइसिसीले विश्वकप छनोट खेल्ने १० टिमलाई २ समूहमा विभाजन गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन् । विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो खेल असार ३ गते जिम्बाब्वेविरुद्ध रहेको छ । त्यसअघि नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप म्याच खेल्नेछ ।

नेपालले समूह चरणअन्तर्गतको दोस्रो खेल असार ५ गते अमेरिकाविरुद्ध खेल्नेछ । त्यस्तै नेपालले असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।

विश्वकप छनोट खेल्ने १० टोलीलाई आइसिसीले २ समूहमा विभाजन गरेको हो । हरेक समूहको शीर्ष ३ टिमले सुपर सिक्समा स्थान बनाउनेछन् भने सुपर सिक्समा पुगेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्येबाट शीर्ष २ टोलीमा पुग्ने टिमले भारतमा हुने एक दिवसीय विश्वकप खेल्न पाउनेछन् ।

यसैबीच नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक दिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरिसकेको छ । सोमबार क्यानले जिम्बाब्वेमा यही असार ३ देखि २४ गतेसम्म हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अविनाश बोहरा रहेका छन् ।

नेपालले गत चैत २ गते कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा युएईलाई हराउँदै एक दिवसीय विश्वकपको छनोटमा छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस