काठमाडौँ । छठ पर्वको सार्वजनिक बिदा परेको कात्तिक ३० गते सोमबार पनि राहदानी विभागले सेवा दिने भएको छ ।
विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म नियमित कार्यदिनसरह राहदानीसम्बन्धी सेवा उपलब्ध हुनेछ ।
सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई राहदानी सेवा लिन असुविधा नहोस् भनेर कार्यालय खुला राख्ने निर्णय गरिएको विभागले जनाएको छ । छठ मनाउने कर्मचारीलाई विभागले सोमबार बिदा दिएको छ ।





