कास्की । पोखरा महानगरपालिका-५ स्थित जिरो नजिक रोकिराखेको बोलेरो जिपको पछाडिको भागमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार दुवै पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कात्तिक २७ गते शुक्रबार दिउँसो २ बजेर ५० मिनेटमा ग २३ प १७१६ नम्बरको स्कुटर लु ३ च ५२७४ नम्बरको बोलेरोमा ठोक्किएको थियो ।
मृतकहरू अन्दाजी २५ र २२ वर्षका रहेको प्रहरीले जनाएको छ । उनीहरूको नाम र ठेगाना खुल्न बाँकी छ । प्रहरीले बोलेरो चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।





