२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ महिनापछि ‘प्रचण्ड’ नेतृत्वको सरकारले पायो पूर्णता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मंसिरमा भएको आमनिर्वाचनपछि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मङ्गलवार ११ औँ पटक विस्तार गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

नयाँ जनादेशबाट आएको सरकारसँग नागरिकका अपेक्षाको चाङ लागेका भए पनि प्रधानमन्त्री दाहाललाई अहिलेसम्म गठबन्धन फेरबदल र सत्ताको भागबण्डा मिलाउनै हम्मे परेको छ । गठबन्धनको गठजोड नमिलेकै कारण दाहाललाई मन्त्रिपरिषद्लाई पूर्णता दिनै पाँच महिना लागेको हो ।

एमालेसँगको गठबन्धन हुँदा नै छ पटक मन्त्रिपरिषद्मा हेरफेर भइसकेको थियो । नयाँ गठबन्धन बनेपछि दाहालले मङ्गलवार पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मङ्गलवार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्रप्रसाद यादव वन तथा वातावरणमन्त्री र जसपाकै प्रमीला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएसँगै दाहाल मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । संविधानले मन्त्रिपरिषद् बढीमा २५ सदस्यीयमात्रै हुन पाउने व्यवस्था गरेको छ । 

मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट ९, माओवादी केन्द्रबाट ६, जसपा २, नेकपा एकीकृत समाजवादी २, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट १-१ जना मन्त्री बनेका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबाट १-१ जना राज्यमन्त्री बनेका छन् । जसपाबाट नवनियुक्त मन्त्री महतो सिरहा-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने राज्यमन्त्री बनेकी कुमारी राष्ट्रिय सभा सदस्य हुन् । उनलाई जसपाले यसअघि उपराष्ट्रपति पदको उम्मेदवार समेत बनाएको थियो ।