काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार उपसमितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न संशोधनकर्ता सांसदलाई बोलाउने निर्णय गरेको छ।
बिहीबार बसेको ११ सदस्यीय उपसमिति बैठकले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकमा संशोधन राखेका ३१ सांसदलाई बोलाउने निर्णय गरेको हो।
उपसमितिका एक सदस्यका अनुसार संशोधनकर्तासँग १४ र १५ जेठमा छलफल गरिनेछ। १४ गते २ बजे शङ्कर हलमा र १५ गते साढे ११ बजे सिंहदरवारमा छलफल हुनेछ।







