११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक वृद्धि ऋणात्मक रहेका क्षेत्रले पुनःकर्जा पाउने

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ऋणात्मक आर्थिक वृद्धिदर रहेका उत्पादन, निर्माण र थोक तथा खुद्रा व्यवसाय क्षेत्रका ऋणीले सस्तो ब्याजदरको पुनर्कर्जा सुविधा पाउने भएका छन् । 

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घोषणा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ ।

‘कार्यविधिमा क्षेत्रगत आर्थिक वृद्धिदर लगातार दुई त्रैमासमा ऋणात्मक रही क्षेत्रगत मन्दी देखिएका क्षेत्रमा प्रवाह भएको पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिनेछ,’ कार्यविधिमा भनिएको छ, ‘तर, उल्लिखित क्षेत्रमा प्रवाह भएको कर्जा भए पनि त्यो व्यापार तथा आयातजन्य व्यवसायलाई प्रवाहित कर्जाको हकमा पुनर्कर्जा सुविधा पाइने छैन ।’

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आव २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर पौने २ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । यस अवधिमा उत्पादन, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक हुनुका साथै अन्य क्षेत्रको वृद्धिदरमा पनि कमी आएकाले समग्र अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।

सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा आर्थिक वर्ष ०७९/८० को वार्षिक लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनले नेपालको अर्थतन्त्रको विस्तार खुम्चिने प्रक्षेपण गरेको हो । तर उक्त अवधिमा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

गत आर्थिक वर्षमा कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने प्रक्षेपण गरेकामा अहिले ६.६१ प्रतिशतको संशोधित अनुमान गरेको छ । यस वर्ष विद्युत् र होटेल क्षेत्रको वृद्धिदर निकै राम्रो भए पनि कुल जिडिपीमा यस क्षेत्रको भार निकै कम रहेकाले समग्र जिडिपीमा खासै असर नपरेको कार्यालयले प्रस्ट्याएको छ ।

प्रतिक्रिया दिनुहोस