२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निष्ठापूर्वक काम गर्न एमालेका जनप्रतिनिधिहरूलाई ओलीको निर्देशन 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोभ, पाप र अहङ्कारले बिगार्ने भन्दै यसबाट सचेत रहन निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित एमालेका तर्फबाट निर्वाचित महानगरका उपमेयर, उपमहानगर-नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाहरूका अध्यक्ष उपाध्यक्षहरूको अनुशिक्षणमा उनले आफ्नो भूमिका चिनेर कार्यसम्पादन गर्न निर्देशन दिए।

‘हामी पाँच जनाले कार्यपत्र प्रस्तुत गर्‍यौँ, हाम्रोभन्दा उसको राम्रो भन्न नसक्ने, हाम्रोभन्दा परिपूर्ण थियो, वस्तुगत थियो भन्न नसक्ने, त्यो खालको प्रवृत्ति छ हाम्रो,’ उनले जनप्रतिनिधिहरूलाई भने, ‘मैले सधैँ भन्ने गरेको छु, हामी सर्वसाधारण नागरिक मात्र होइनौँ, नागरिक मात्रै नागरिक हुँदा बेग्लै हुन्छ, जिम्मेवारी नभएकाले जानेन कि भन्न पनि मिल्छ। हामी जनप्रतिनिधि हौँ भने, नेता हौँ भने जनतासँगको व्यवहार, उत्तरदायित्व र देशप्रति बफादार हो भने निष्ठापूर्वक काम गर्नुपर्छ।’

देशप्रति बफादार हुने निष्ठामा नचुक्ने पनि बताए। नागरिकप्रति कर्तव्यनिष्ठ हुन पनि उनले सुझाए।

उनले जनप्रतिनिधिहरूको बोली, आचरणमा संवेदनशील हुनुपर्ने, टेलिफोनमा कुराकानी गर्दा पनि मैत्रीपूर्ण भावमा प्रस्तुत हुनुपर्ने पनि बताए।