काठमाडौँ । सरकारले २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकको रूपमा मनाउने भएको छ।
अतिथि देव भव नेपाली संस्कृतिलाई झल्काउने गरी सरकारले पर्यटन दशकको रूपमा मनाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।
सोमबार संसदमा बजेट भाषण गर्दै उनले यस वर्ष दस लाख पर्यटक भित्र्याइने बताएका छन् । उनले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न नेपाल घुमौँ अभियान सञ्चालन गरिने बताए।
अर्थमन्त्री महतले पर्यटन प्रवर्द्धन गर्न हिमालय ट्रलको निर्माण गरिने र भूकम्पबाट प्रभावित पर्यटकीय क्षेत्रको पुन निर्माण कार्य सकाउने बताए ।