९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खप्तड शैलेश्वरी खुला म्याराथनमा त्रिभुवन आर्मी क्लबका खड्का प्रथम

अ+ अ-

डोटी । हाई अल्टिच्युट खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगितामा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का प्रथम भएका छन् ।

४२ किलोमिटरको दौडमा खड्काले २ घण्टा ३७ मिनेट ४६ सेकेन्ड पार गर्दै प्रथम भएका हुन । खड्काले नगद १ लाख २५ हजार पुरस्कार पाएका छन् ।

त्यस्तै द्धितिय हुनेमा पनि नेपाली सेना त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिंह रावत रहेका छन् । रावतले २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा दुरी पार गरेका हुन् । रावतले नगद ८० हजार पुरस्कार पाएका छन् । तृतीय कर्णाली स्पोट क्लबका वीरेन्द्र पाण्डेय भएका छन् । पाण्डेय २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दुरी पार गरेका हुन् । पाण्डेयले नगद ५० हजार पुरस्कार पाएका हुन् ।

हाफ म्याराथन महिला तर्फ नेपाली सेना त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने प्रथम भएकी छन् । न्यौपानेले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा ४१।५ किलोमिटर दुरी पार गरेकी हुन् । न्यौपानेले नगद ५० हजार पुरस्कार पाएकी छन् ।

महिला तर्फ नेपाल पुलिस क्लबकी रेखा विष्ट द्धितिय भएकी छन् । विष्टले १ घण्टा २२ मिनेट १० सेकेन्डमा तोकिएको दुरी पार गरेकी हुन् । विष्टले नगद ३० हजार पुरस्कार पाएकी छन् । त्यस्तै तृतीय भैरव प्रसाद गणकी सुन्तला कठायत भएकी छन् । कडायतले १ घण्टा २६ मिनेट ८ सेकेन्डमा पार गरेकी हुन् । कडायतले नगर २० हजार पुरस्कार पाएकी छन् ।

हाई अल्टिच्युट ४२ किलोमिटरको म्याराथन प्रतियोगितामा स्वदेशी विदेशी गरी ४८ जना पुरुषहरूको सहभागिता रहेको थियो भने ४१.५ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता तर्फ २५ जना महिलाहरूको सहभागिता रहेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए । म्याराथन प्रतियोगितामा २ जना विदेशी केन्या देशबाट सिमोन किपलागैतु र इल्जाकीपरुतो केमेइ समेत सहभागिता रहेको प्रमुख सेनानी कार्कीले बताए ।

सुदूर पश्चिम खेलकुद परिषद् कैलाली र उद्योग वाणिज्य सङ्घ डोटीको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस