काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले विधेयक प्रमाणीकरण अत्यन्तै सकारात्मक भएको बताएका छन्।
विधेयक प्रमाणीकरणले राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकको पीडामा मल्हमको काम गर्ने ठाकुरले उल्लेख गरेका छन्।
