२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

अ+ अ-

काठमाडौँ । एक साता यता तराईका जिल्लामा तातो हावासहित अत्यधिक गर्मी बढेसँगै रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ लगायतका जिल्लामा ४२ डिग्री हाराहारी तापक्रम भएपछि जनजीवन प्रभावित बनेको छ।

बिहानैदेखि घाम चर्केर घर बाहिर निस्किन सक्ने अवस्था नभएपछि रुपन्देहीका कतिपय पालिकाहरूले विद्यालयहरूमा बिदा दिने गरेका छन्। गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गरेका छन्।

तिलोत्तमा नगरपालिकाले सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द गरेको जनाएको छ।

विगत केही दिनदेखि बढिरहेको तापक्रमले अत्यधिक गर्मी भई विद्यालयहरूमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुँदा वार्षिक बिदाबाट समायोजन हुने गरी नगरप्रमुख स्तरीय निर्णयबाट जेठ २२ गतेदेखि असार १७ गतेसम्म नगर भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा गर्ने निर्णय गरेको जनाएको छ।

यस्तै, रुपन्देहीको सैनामैना नगरपालिकाले भने जेठ २२ गतेदेखि २४ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयलाई बिदा दिएको छ।

नगरपालिकाले सूचना जारी गरी नगरभित्रका सबै विद्यालय २२ गतेदेखि २४ गतेसम्म बन्द हुने जनाएको हो।

विगत केही दिनदेखि अत्यधिक मात्रामा तापक्रम वृद्धि हुँदा दिउँसोको समयमा विद्यालय जाँदा-आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकोले बर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा गरिएको उल्लेख छ।