२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीमा दम्पतीको विभत्स हत्या

अ+ अ-

काठमाडौँ । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ । प्रतापपुर गाउँपालिका-८ पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए । उनीहरूको सोमबार राति हत्या भएको हो ।

उनले भने, ‘भैँसी पाल्दा रैछन् त्यही गोठमा बस्ने खाने गरेको भन्ने छ, राती १० बजे खानासँगै खाको भन्ने जानकारी छ, राती नै हत्या भएजस्तो देखिन्छ, हामीलाई बिहान ७ बजे मात्रै जानकारी भएको हो ।’

उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालले बताएका छन् । उनीहरूको घर गाउँकै बैरिहवामा छ । घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरू भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए ।

दम्पतीको कसले र किन हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हामी अनुसन्धान गर्दैछौं, घटनाको कनेक्सन हेरीराछौँ, केहीसँग सोधपुछ गरिराछौं उनले थपे, ‘शव पोष्टमार्टमका लागी अस्पताल पठाउने तयारी भइरहेको छ ।’