काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको छ ।
विभिन्न मितिमा भएका फैसला मध्य सरकारी जग्गा व्यक्ति विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेषको फैसला चित्त नबुझी आज सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
उक्त मुद्दामा विष्णु कुमार राई, शम्भु प्रसाद शर्मा र अरुण कुमार रञ्जीतकार प्रतिवादी रहेका छन्







