२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा खाद्यान्न अभाव

अ+ अ-

सिमकोट । हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ । जिल्ला खाद्य व्यवस्था समितिले दुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो ।

जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म सुनुवाइ नगर्दा समस्या भएको हो ।

हाल शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको र यसले सर्वसाधारणलाई बिक्री वितरण गर्न नसकिने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाको माग सुनुवाइ नगर्नु नै समस्याको मुख्य कारण भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

थप कोटा खाद्यान्न मागका लागि खाद्य व्यवस्था समितिले २०७८ मङ्सिर १८ गते र फागुन २६ गते निर्णय गरेर सो खाद्यान्न माग गरेको थियो ।

बुधबार बसेको समितिको बैठकले पुनः थप कोटाको खाद्यान्न माग गरेको छ । यो सहित जिल्लाबाट तेस्रो पटक थप खाद्यान्न माग गरिएको हो । बर्सेनि लिमिटेडबाट थप कोटा खाद्यान्न स्वीकृत हुँदै आउने गरेको थियो ।

नेपालगन्जबाट ढुवानी जिम्मा पाएको तारा एयर र सुर्खेतबाट ढुवानीको जिम्मा पाएको समिट एयरले समयमै खाद्यान्न ढुवानी नगर्दा पनि जिल्लामा समस्या देखिएको लिमिटेड सिमकोट शाखाका प्रमुख अधिकारीले बताए ।

चालु वर्ष नेपालगन्जबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तारा एयरले अहिलेसम्म तीन सय क्विन्टल र सुर्खेतबाट समिट एयरले ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तीन सय क्विन्टल नगरेको कारण समस्या देखिएको हो ।

दुवै एयरलाइन्सलाई आफ्नो ढुवानी गर्ने जिम्माको खाद्यान्न तत्काल ढुवानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने गरेकाले सिमिकोटस्थित गोदाममा खाद्यान्न मौज्दात न्यून भएको जनाइएको छ ।

ती एयरलाइन्सले नेपालगन्जबाट प्रतिकेजी रु एक सय ६० र सुर्खेतबाट प्रतिकेजी एक सय ५ मा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेका थिए ।

गोदाममा खाद्यान्न तीन सय क्विन्टल मात्र मौज्दात छ । खाद्यान्न भइपरी आउने कार्यका लागि शाखाले बिक्री गर्दै आएको छ । खाद्यान्न मौज्दात नभएकै कारण एक महिनादेखि सर्वसाधारणका लागि खाद्यान्न बिक्री वितरणसमेत गरिएको छैन । एक पटक खाद्यान्न बिक्री गर्न तीन हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने जनाइएको छ ।

अब चालु वर्षको खाद्यान्न ढुवानी भए पनि त्यसले बिक्री गर्न नसकिने अवस्था रहेकाले लिमिटेड केन्द्रले थप कोटा खाद्यान्न पठाउनुपर्ने बाध्यता देखिएको हो ।