काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था रहेको बताएका छन्। उनले विकास मोडेलमा समीक्षा गर्दै उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने गरी अगाडी बढ्नुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्रीले निजी क्षेत्रको साथमा सरकार रहेको भन्दै विकास र समृद्धिमा गुणस्तर सुधारका लागि सरकार लागिपरेको बताए। कोरोना महामारी पछि शिथिल बन्दै गएको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका सुझावहरूलाई समेत बजेटमा समेटिएको भन्दै उनले निजी क्षेत्रलाई साथमा लिएर अगाडी बढ्ने नीति रहेको स्पष्ट पारे।
अर्थतन्त्रले लय लिएको दाबी गर्दै प्रचण्डले लगानीको सम्भावना रहेकाले लगानी गरेर प्रतिफल लिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे।







