काठमाडौँ । नेपालका आदिवासी जनजाति सङ्घ, संस्थाहरूले राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी गलत तथ्याङ्क सच्याउन माग गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको संयोजनमा विभिन्न जातीय सङ्गठनहरूले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त माग समेटिएको ज्ञापन पत्र बुझाएका हुन् ।
तथ्याङ्क कार्यालयले जारी गरेको जाति, भाषा, धर्मको महलमा जातिहरूलाई फुटाएको भन्दै आदिवासी जनजाति सङ्घ, संस्थाहरूले कानुनी व्यवस्थाअनुसार तथ्याङ्क सच्याउन र जातिभित्रको थरहरूलाई जातिको रूपमा नछुट्टाउन आग्रह गरेका थिए ।







