८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सर्भर घण्टौँदेखि डाउन, सबै साइट बन्द

अ+ अ-

काठमाडौँ । नेपालका सबै सरकारी निकायको सर्भर डाउन भएको छ। सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सरकारी वेबसाइटहरू डाउन भएका हुन्।

बत्ती नभएकै कारण दिउँसो देखि पटक पटक अँध्यारो बन्दै आएको सिंहदरवारमा डेढ घण्टादेखि सिष्टम नै चलेको छैन । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सिस्टम समेत नचल्दा कारण हवाई उडानलगायत अति आवश्यक काम कारबाही हुन सकेको छैन भने अन्य महत्त्वपूर्ण कामहरूसमेत प्रभावित बनेका छन् ।

सर्भर डाउन हुने, डाटा ह्याक हुने र हराउने तथा डिभाइसहरू पड्किने समस्या सामान्य बन्दै आएका छन् । 

केही समय अघि लोक सेवा आयोगका डाटा नै हराउँदा परीक्षार्थीहरूले पुनः फाराम भर्नु परेको थियो भने थाहा भएका मात्र ६० भन्दा सरकारी निकायका महत्त्वपूर्ण दस्ताबेज हराउँदासमेत विषय सामान्य रूपमा लिएको देखियो । स्थापनादेखि नै एकपछि अर्को गल्ती दोहोरिँदै आए पनि सामान्य रूपमा लिइँदाको परिणाम यति बेला देखिँदै छ । पछिल्लो समय देशका प्रधानमन्त्रीहरूले नै सूचना र प्रविधिमा जोड दिने सम्बोधन गरिरहँदा देशको प्रमुख प्रशासनिक केन्द्रमा रहेको प्रमुख प्रणाली नै बारम्बार समस्या आउनु आफैमा गम्भीर विषय हो । 

२०७९ माघ दोस्रो साता मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सर्भर डाउन भएकोमा चासो राख्दै नीतिगत सुधार गर्न निर्देशन दिएका थिए । साइबर सुरक्षा एकीकृत डाटा प्रणाली व्यवस्थित गर्ने र प्रभावकारी बनाउने कुरा उठेको थियो । तत्कालीन मुख्यसचिव शंकरदाश वैरागीलेसमेत अनुगमन गरेका थिए तर त्यसपछि के सुधार भयो ? त्यसबारे भने उनैले जानुन् ।

केन्द्रमा देखिएको बेथिति र मौलाएको भ्रष्टाचारबारे प्रशासन डटकमले यसअघि पनि लेखेको थियो । तर सम्बन्धित निकायले देखे नदेखे र सुने नसुने झै गरेकै कारण आजको अवस्था आइलागेको हो र सम्भवतः भोलीका दिन थप के के हुने हो त्यो भने हेर्न पनि धेरै कुर्न नपर्ला !

सम्बन्धित समाचार : लोक सेवाले डाटा हराएका परीक्षार्थिहरुका लागि पुनः दरखास्त आव्हान गर्दै 

सम्बन्धित समाचार : सरकारी डाटा सेन्टरमा चरम लापरबाही, करिव ६० सरकारी निकायका हराए डाटा 

सम्बन्धित समाचार : पेमेन्ट गेट-वेका नाममा २४ करोड झ्वाम, १० दिनमा सम्पन्न हुनुपर्ने परियोजना नै गुमनाम !

सम्बन्धित समाचार : पानी पर्दा देशभरका सरकारी वेबसाइट आध‍ा घण्टा बन्द

सम्बन्धित समाचार : सरकारी डिजिटल डाटाको सुरक्षामा ध्यान दिन सञ्चार मन्त्री थापाको निर्देशन

सम्बन्धित समाचार : राष्ट्रिय सूचना प्रविधि केन्द्रबारे मुख्य सचिवको चासो, ठिकठाक अवस्थामा राख्न निर्देशन

सम्बन्धित समाचार : सिँहदरवारको सर्भर बारम्बार डाउन !

सम्बन्धित समाचार : अर्थको वेबसाइट चल्दैन !

सम्बन्धित समाचार : सरकारी सर्भर डाउन : कमिसनको खेलमा कमसल सामानको कमाल !

प्रतिक्रिया दिनुहोस