२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : मुख्यसचिव अर्याल

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारीरूपमा दिनुपर्ने बताएका छन् ।  

निजामती कर्मचारी अस्पतालले आजदेखि सुरु गरेको नर्सिङ क्याम्पसको उद्घाटन कार्यक्रममा उनले सरकारी अस्पतालले प्रभावकारीरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनसके सरकारी अस्पतालको प्रभावकारिता बढ्ने बताए । 

मुख्यसचिव डा.अर्यालले निजामती अस्पताललाई अनलाइन प्रणालीमा अझ प्रभावकारी बनाउँदै लगेर अस्पतालमा हुने भीडलाई कम गर्नुपर्ने धारणा राखे  । अस्पतालमा क्रिटिकल केयरमा नर्सिङ जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै उनले अस्पतालबाट उत्पादन भएको स्वास्थ्य जनशक्तिलाई अस्पतालमा नै  राख्नुपर्ने बताए । 

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले स्वास्थ्य सेवालाई सुदृढ बनाउँदै लगेको बताए ।  उनले अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)सञ्चालन गर्ने स्थान थोरै भएकोले समस्या भएको बताए । 

हाल अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामी आउने गरेको जानकारी दिँदै उनले ओपिडी सेवा व्यवस्थापन हुँदा यसलाई बढाएर एक हजार पाँचसयसम्म पुर्‍याउन सकिने बताए । कार्यकारी निर्देशक डा.पौडेलले अस्पतालले शैक्षिक कार्यक्रम ल्याउँदै अध्यापनलाई प्राथमिकता दिने बताए । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा.भूपेन्द्रकुमार बस्नेतले न्याम्सले चिकित्सक, नर्सलगायत स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गरिरहेको भन्दै उत्पादित जनशक्तिलाई नेपालमै राख्ने वातावरण हुनुपर्ने बताए । 

नेपालको स्वास्थ्य जनशक्ति विदेशिने प्रवृत्ति बढेको भन्दै उनले विदेश पलायन हुने दर बढेमा नेपालको स्वास्थ्य क्षेत्रमा समस्या हुने बताए । 

हाल निजामती अस्पतालले यही वर्षदेखि २० जना क्रिटिकल नर्सिङ जनशक्ति उत्पादन गर्नका लागि चिकित्सा शिक्षा आयोगबाट स्वीकृति पाएको हो । 

अस्पतालमा हाल एक सय ३२ शय्या सञ्चालन भइरहेको छ । अस्पतालमा चाँडै नै दुई सय ५० शय्या पुर्‍याउने लक्ष्य राखिएको छ । चीन सरकारले बनाइदिएको उक्त अस्पताल २०६५ जेठ १६ गतेदेखि सञ्चालन आएको हो ।