२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयातकर्ता र वितरकको लेबल नलगाएको वस्तु साउन १ देखि जफत गरिने 

अ+ अ-

काठमाडौँ । भन्सार विभागले साउन १ गतेदेखि आयात हुने हरेक मालवस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन पत्राचार गरेको छ । विभागले यस विषयमा बुधबार सम्बन्धित निकायहरूलाई जानकारी गराएको हो ।

आर्थिक विधेयक २०८० ले पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तु प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने व्यवस्था गरेको छ ।

त्यसरी लेबल नगरी बजारमा बिक्री वितरणको लागि पठाएको पाइएमा अनुगमन गरी त्यस्ता मालवस्तु जफत हुने व्यवस्था आर्थिक विधेयकमा छ ।

असार मसान्तमा आर्थिक वर्ष २०७९-८० सकिनै लाग्दा त्यसअघि विभागले सरोकारवालाहरूलाई सोहीअनुसार अघि बढ्न आग्रह गरेको छ ।

यस विषयमा विभागले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल समुद्रपार निकासी पैठारी सङ्घ, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, हिमालय सीमापार वाणिज्य सङ्घ, नेपाल फ्रेट फरवार्डस एसोसिएसन, नेपाल भन्सार एजेन्ट महासङ्घ र राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपाललाई ताकेता गरेको छ ।

“आर्थिक विधेयक, २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (१), (२), (३) र (४) को व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने गराउने विषयमा सबै सरोकारवाला निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ,” विभागले भनेको छ, “प्रस्तुत सन्दर्भमा विधेयकको उल्लिखित दफा १८ को उपदफा (४) मा संवत् २०८० साल साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तु प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनु पर्नेछ ।”

विभागले अघि भनेको छ, “त्यसरी लेबल नलगाइ बजारमा बिक्री वितरणको लागि पठाएको पाइएमा अनुगमन गर्ने अधिकारीले त्यस्ता मालवस्तु जफत गर्न सक्नेछ भन्ने व्यवस्था रहेकोले उक्त व्यवस्थाको जानकारी तहाँ सम्बद्ध सबै व्यावसायिक निकायहरूलाई गराइदिन आदेशानुसार अनुरोध छ ।”