२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटमा ‘लम्पी स्किन’को सङ्क्रमण

अ+ अ-

मान्म । कालिकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो ।

लम्पी स्किन रोगको सङ्क्रमणबाट कालिकोटमा अहिलेसम्म तीन सय १४ पशुचौपायाको मृत्यु भएको जिल्लास्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारीले बताए । उनका अनुसार रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको छ ।

‘केही किसानले निजीस्तरबाट भ्याक्सिन लगाउनु भए पनि जिल्लामा हामीले किनेर ल्याएको भ्याक्सिन दिइरहेको छौँ’, प्रमुख अधिकारीले भने। उनका अनुसार रोगको सङ्क्रमण जिल्लाभर भयावह रूपमा फैलिए पनि भ्याक्सिनको कमी भएकाले सबै किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । भ्याक्सिनको अभावका कारण रोग नियन्त्रण गर्न गाह्रो भइसकेको उनको भनाइ छ ।

‘लम्पी स्किन’को सङ्क्रमण रोक्नका लागि जनचेतना फैलाउने तथा घाउ, खटिरा आएका पशुलाई ड्रेसिङ गर्ने काम भइरहेको प्रमुख अधिकारीले बताए । ‘भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार हुन सकेको छैन’, उनले भने, ‘सबैभन्दा बढी रोगको सङ्क्रमण शान्नि त्रिवेणी गाउँपालिकामा देखिएको छ ।’

पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको प्रमुख अधिकारीले जानकारी दिए । ‘यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ’, उनले भने, ‘सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रूपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण गर्न सकिन्छ ।’