२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालयमा अनावश्यक चलखेल रोक्न आन्तरिक सुशासन पहिलो सर्त : गृहमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरूमा हुने हस्तक्षेप र अवाञ्छित चलखेललाई रोक्न सबै सुरक्षा संगठन र मन्त्रालय भित्रका संयन्त्रमा आन्तरिक सुशासनलाई पहिलो सर्तका रूपमा कायम गर्न पहल गरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्न आफ्नै मन्त्रालय र सो अन्तर्गतको सम्यन्त्रहरुबाट आन्तरिक पहल गरेको भन्दै त्यसले मन्त्रालयहरूमा हुने अनावश्यक हस्तक्षेपलाई रोक्ने बताए ।

‘राष्ट्र र जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न प्राथमिकता दिइएको छ । कुनै पनि प्रकारको अवाञ्छित लगाव वा हस्तक्षेप तथा अवाञ्छित चलखेललाई रोक्ने,त्यसबाट मुक्त भएर काम गर्ने दिशातिर सम्पूर्ण संयन्त्र र सुरक्षा संगठनलाई अगाडि बढाउन पहल गरिएको छ । ’ श्रेष्ठले भने ।

उनले गृह मन्त्रालयको काम गर्ने सम्बन्धमा शुरुदेखिनै पद र सम्बन्धलाई भन्दा कामलाई आधार मानेर कर्मचारीलाई अभिमुखीकरण गरेको तथा महत्त्वपूर्ण निर्णयहरू गरेर नचाहिने व्यवस्थालाई खारेज गरेको समेत उल्लेख गरे ।
‘पञ्चायती व्यवस्थाको पालादेखि गृह मन्त्री र गृह सचिवले विभिन्न नाममा लिदै आएको सुराकी खर्च बापतको रकम लिने प्रक्रियालाई खारेज गर्ने निर्णय गरेर मन्त्रिपरिषद्बाट नियमावली नै खारेज गरे ।’

उनले राष्ट्रिय परिचय पत्रको सेवा प्रवाहको लागि निजी कम्पनीलाई इजाजत दिने सम्झौता खारेज गर्ने निर्णय गरेर नियमावली नै मन्त्रिपरिषद्बाट खारेज गरेको, नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन पहल गरेको, मिटरव्याज पीडितको लागि कानून बनाएर न्यायको लागि पहल गरेको लगायतका विविध कार्य गरेको भन्दै कार्य विवरण समेत सदनमा प्रस्तुत गरे ।

उनले शान्ति प्रक्रियाको धेरै काम पूरा गरेको भन्दै बाँकी रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यलाई पूरा गरी शान्ति प्रक्रियालाई समग्रमा टुंगोमा पुर्‍याउने उल्लेख गरे ।

त्यस्तै मन्त्री श्रेष्ठले गृह मन्त्रालयले विपद् व्यवस्थापन कार्यका लागि प्राधिकरण मार्फत आवश्यक काम गर्नुका साथै पूर्व तयारीलाई पनि ध्यानमा राखेर कार्य गरिरहेको जानकारी सदनमा गराए ।