११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुदको विकासका लागि खेल क्षेत्रमा राजनीति नगरौं : खेलमन्त्री लिम्बू

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।

तेस्रो प्रधानमन्त्री कप राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन समारोहमा उनले खेल क्षेत्रमा राजनीतिकरण गर्न नहुने भन्दै खेलाडीहरूको विकास गर्नको लागि व्यक्तिगत स्वार्थ र दलीय विचारलाई तल राखेर अगाडि बढ्नु पर्ने बताए ।

उनले भने, यो खेल क्षेत्रमा राजनीतिकरण नगरिकन समग्र खेलाडीहरूको वृद्धि विकासका लागि खेलाडीहरूलाई वातावरण दिएर अगाडि बढाउनको लागि व्यक्तिगत स्वार्थ र हाम्रो दलीय विचारहरूलाई तल राखेर हामी अगाडि बढ्न सक्ने अवस्थाको निमार्ण गर्नुपर्छ । ’

मन्त्री लिम्बूले देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नको लागि युवाहरूको खेलमा मात्रै होइन, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि सशक्त उपस्थिति हुनु आवश्यक भएको बताए ।

उनले भने, खेल प्रवर्द्धनको लागि मन्त्रालयले विद्यालय स्तरमा गएर खेल शिक्षा दिएर बजेट पनि छुट्टाएको अवस्था छ । युवा खेलमा मात्रै होइन, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सशक्त उपस्थिति हुनु आवश्यक छ त्यसो भयो भो मात्रै हो देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य हुन सक्छ ।

यस्तै, उनले खेल क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोड्न सक्यौ भने आर्थिक गतिविधि बढ्दै जाने र देशको अर्थतन्त्र सुदृढ हुन सक्ने बताए ।

उनले भने, यो खेल क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोडेर सक्यौ भने आर्थिक गतिविधि हुन्छ, आर्थिक गतिविधि बढ्दै गयो भने देशको अर्थतन्त्र सुदृढ हुन सक्छ । त्यसकारण हामीले खेल्नका लागि खेल मात्रै होइन यसलाई पर्यटन क्षेत्रसँग जोडेर विभिन्न मुलुकबाट मानिसहरू आउने वातावरण निमार्ण गर्न खेललाई पर्यटन क्षेत्रसँग जोडेर अगाडि बढ्नु पर्छ ।

उनले खेल क्षेत्रको विकासको लागि निजी क्षेत्रहरूको पनि भूमिका आवश्यक भएको हुँदा निजी क्षेत्रहरूलाई पनि स्थान दिएर अगाडि बढ्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस