२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह समापन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सञ्चालित सि.सं. १५ (क) र (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह असार १३ गते प्रशिक्षण प्रतिष्ठानमा संयुक्त रूपमा समापन भएको छ ।

समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षकहरूद्वारा सलामी अर्पण गर्नुकासाथै इज्जत अर्पण कवाज समेत प्रदर्शन गरिएको थियो ।

महानिरीक्षक अर्यालले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक किरण सिजाली र नवराज शाहीलाई खुकुरी प्रदान गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गरे ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले तालिम सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई हार्दिक बधाई दिदै तालिममा सिकाइएका ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा खटिदा ईमान्दार, कर्तव्यनिष्ठ र लगनशील भई लाग्नुपर्ने बताए ।

देश र नागरिकको सेवा र सुरक्षामा आफूलाई समर्पित गर्छु भनी शपथ लिएर जनसेवामा जुट्ने अवसर सबैमा नहुने बताउँदै महानिरीक्षक अर्याललेभने,‘तपाई र तपाईँका आफन्तले गरेको गौरवले त्यसवेला सार्थकता पाउँछ, जब तपाईँले राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्य सम्पादनको दृष्टान्त प्रस्तुत गर्नुहुन्छ, अनि तपाईँहरूले बगाएको पसिनाले त्यतिवेला सार्थक पाउँछ, जतिबेला तपाईँहरूले भिन्नाभिन्नै भूगोलमा बसेर नेपाली नागरिकहरूमा सुरक्षाको प्रत्याभूति दिई आपद् विपद् परेको समयमा भरोसा दिलाउन सक्नुहुन्छ ।’ 

उनले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षामा परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण परिपालना गरी सामाजिक र पदीय आचरण विपरीत गतिविधिहरूमा नलागी आफूलाई एउटा अब्बल अधिकृतको रूपमा परिचित गराउनेतर्फ लाग्नुपर्ने समेत बताए।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई स्थापना कालदेखि यहाँसम्म आइपुग्न सङ्गठनमा हिजो र आजका दिनहरूमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको स्मरण गर्नुहुँदै नयाँ जोस र ऊर्जाका साथ दीक्षित भई कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरूको आगमनसँगै सङ्गठनले अझ बढी उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको बताए ।