९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले भ्रष्टाचारको डङ्गुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गर्नुभयो : राजेन्द्र लिङ्देन

अ+ अ-

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठुला भनिएका सबै दलका शीर्ष नेताहरू भ्रष्टाचार लिप्त रहेको आरोप लगाएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा ठुला काण्डहरूमा शीर्ष नेताहरूको संलग्नता रहेको दाबी गरेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भ्रष्टाचारको डङ्गुरमा बसेर शुद्धताको मन्त्र उच्चार गरेको बताए।

उनले भने, ‘अहिले भ्रष्टाचार बढेर गएको छ। वैदेशिक हस्तक्षेप बढेर गएको छ। तपाईँहरू ज्युँदो साँची हुनुहुन्छ। भ्रष्टाचारको डङ्गुरमाथि बसेर देशका शासकहरू शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन्। भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेर्नुभयो भने पनि हामीले बारम्बार भनेको कुरालाई पुष्टि हुन्छ। उनले थपे,‘हामीले भन्यौँ नेपालमा हुने सबै भ्रष्टाचारको काण्डहरूमा अहिलेका ठुला हुँ भन्ने सबै दलहरू संलग्न छन्। त्यो कुरा प्रमाणित भयो। कुनै दल चोखो छैनन्। ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइटबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरू यकातिर ठुल्ठुला कुरा गरिरहेका छन्। हामीले सुरु गर्‍यौँ भने। अर्कोतिर ठुला मान्छे र आफ्ना मान्छेलाई कसरी जोगाउँने भन्ने योजनामा लागिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस