२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’

अ+ अ-

काठमाडौँ । यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक संस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान पर्दा गरियो ।

प्रतिस्पर्धी चलचित्रतर्फ अभिनेता आर्यन सिग्देल (डिसेम्बर फल्स), अभिनेत्री प्रमीला कार्की (बगान), चलचित्र ‘प्रकाश’, निर्देशक सम्राट् बस्नेत ९लाखे०, लेखक विकास सुवेदी (प्रकाश), भिएफएक्स समीर मियाले अवार्ड प्राप्त गरे ।

महोत्सवमा निर्णायकतर्फको अवार्डसँगै छोटा चलचित्रतर्फको अवार्डसमेत प्रदान गरिएको थियो । निर्णायक मण्डलले चलचित्र ‘नम्बरी सुन’, निर्देशक कमल एक्चै मगर(डेसान) र लेखक रोहित रुम्बा (लाखे) लाई अवार्ड गर्न गरेका थिए । यस्तै, समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएबापत निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, चलचित्र पत्रकार सचित खड्कालगायतलाई सम्मान गरिएको थियो ।

आयोजक संस्था पिम नेपालका अध्यक्ष एवं चलचित्र निर्देशक माधवराज खरेलले महोत्सवमार्फत नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गरिरहेको बताए । उनले भने, “यस किसिमका महोत्सवले हाम्रो कला र संस्कृति मिश्रित चलचित्रलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजान मद्दत गर्छ । त्यसैले पनि हामीले यसलाई निरन्तरता दिइरहेका छौँ ।”

महोत्सवको समापन समारोहमा सङ्गीतकार शम्भुजित बासकोटा, अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नृत्य निर्देशक दिनेश पाख्रिनलगायत उपस्थित थिए ।