२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक

अ+ अ-

काठमाडौँ । पुस्तक प्रदर्शनीमा आउने पाठकले इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी मन पराउन थालेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा जारी पुस्तक प्रदर्शनीमा इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी बिक्री भएका हुन् । प्रदर्शनीमा प्रतिष्ठान र साझा प्रकाशनद्वारा प्रकाशित  पुस्तक राखिएको छ । 

प्रदर्शनीमा इतिहाससम्बन्धी ‘सिञ्जाको ऐतिहासिक रूपरेखा’, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सत्यमोहन जोशीको ‘नेपाली चाडपर्व’, एसपी आशाको ऐतिहासिक उपन्यास ‘हामीले कसरी प्रजातन्त्र ल्यायौँ’, प्रा नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’ विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासलगायत पुस्तक बढी बिक्री भएको साझा प्रकाशनका प्रदर्शनी संयोजक पुण्य बखरेलले राससलाई जानकारी दिए ।

प्रदर्शनीमा रु एकदेखि रु तीन हजार पाँच सयसम्मका पुस्तक राखिएको छ । रु एक मूल्य पर्ने ‘हबल्दार देवीप्रसाद’ र ‘भीमसेनपाती’, रु तीन हजार पाँच सय मूल्य पर्ने प्रज्ञा नेपाली वृहत् शब्दकोश पुस्तक प्रदर्शनीमा राखिएको हो । सांस्कृतिक संस्थानले प्रकाशन गरेको नेपाली संस्कृति पुस्तिका पनि रु तीनमै पाइन्छ । यसलाई पनि पाठकले मन पराएका छन् । यसका विभिन्न अङ्क साझा प्रकाशनको प्रदर्शनी कक्षमा राखिएको छ ।

 पुरातत्त्व विभागले प्रकाशन गर्ने प्राचीन नेपालका विभिन्न अङ्क पनि प्रदर्शनीमा पाउन सकिन्छ । साझाको प्रदर्शनी कक्षमा चार सय ९२ थरिका पुस्तक राखिएको र दैनिक कम्तीमा पनि रु बीस हजार बराबरको पुस्तक बिक्री हुने गरेको उनले बताए। प्रतिष्ठानको बिक्री कक्षमा पनि दैनिक कम्तीमा रु ३० हजारसम्मका पुस्तक बिक्री हुने गरेको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । 

प्रतिष्ठानले करिब ६०० थरीका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखेको छ । साझाले २५ देखि ३० प्रतिशत र प्रतिष्ठानले १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिरहेका छन् । प्रदर्शनी यही असार २३ गतेसम्म सञ्चालन गरिने छ । पाठकको रुचि बढेमा समय लम्ब्याउन सकिने पनि जनाइएको छ ।